काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीले आगामी महाधिवेशनको कार्यतालिका पारित गरेको छ ।
पार्टी कार्यालय धुम्वाराहीमा बिहीबार बसेको राप्रपा केन्द्रीय कार्यसम्पादन समितिको बैठकले आगामी मंसिर २६, २७ र २८ गते काठमाडौंमा महाधिवेशन आयोजना गर्नेसहितको कार्यतालिका पारित गरेको अध्यक्ष राजेन्द्र लिङ्देनले जानकारी दिए ।
बैठकले निर्वाचन समितिले प्रस्तुत गरेको नियमावली र निर्देशिका समेत परिमार्जन सहित पारित गरेको छ । केन्द्रीय कार्यसम्पादन समितिबाट प्रस्तावहरूलाई शुक्रबारबाट सुरु हुने केन्द्रीय समितिको बैठकमा प्रस्तुत गरिने अध्यक्ष लिङ्देनले बताए ।
केन्द्रीय समितिको बैठकले केन्द्रीय कार्यसम्पादन समिति पारित प्रस्तावहरूमाथि छलफल गरेर आवश्यक निर्णय लिने उनले बताए ।




