रास्वपाको सचिवालय बैठक जारी

`

     २०८३ आषाढ ०४ गते ११:१४

काठमाडौं, असार ४ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को सचिवालय बैठक भइरहेको छ। बैठक मिति २०८३ असार ५ गते बिहीबार पार्टी केन्द्रीय कार्यालय वनस्थलीमा बसिरहेको छ।

बैठकमा आगामी महाधिवेशनको तयारी, विधान संशोधन तथा महाधिवेशन कार्यविधिलगायत विषयमा छलफल भइरहेको बताइएको छ।

रास्वपाले असार ७ देखि ९ गतेसम्म चितवनमा आफ्नो प्रथम महाधिवेशन गर्ने तयारी गरेको छ। महाधिवेशनलाई व्यवस्थित र सफल बनाउन आवश्यक निर्णयहरू सचिवालय बैठकमार्फत अघि बढाइने जनाइएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?