काठमाडौं । सत्तारुढ रास्वपा सांसद इन्दिरा राना मगरले संकटमा परेका जनताको समस्या तत्काल समाधान हुने गरी बजेटका व्यवस्था गर्न अर्थमन्त्री डा. स्वर्णिम वाग्लेको ध्यानाकर्षण गराएकी छिन् ।
बुधबार प्रतिनिधिसभा बैठकमा बोल्ने क्रममा उनले अर्थमन्त्री वाग्लेको ध्यानाकर्षण गराएकी हुन् ।
‘अर्थमन्त्रीज्यूलाई म यो अनुरोध गर्दछु–झापाको मात्रै होइन, जुम्ला, हुम्ला त्यस्ता बिकट, जहाँ एकदमै जनता चुनौतिपूर्ण भएर बस्नु परेको छ । बजेटको पुनरावलोकन गर्न अनुरोध गर्दछु,’ उनले भनिन् ।
साथै, उनले सडक बाटोको अभावमा झापा, हुम्ला, जुम्लालगायतका नागरिकहरुले ठूलो जोखिम उठाउनुपर्ने भएकाले सरकारले त्यसका लागि आवश्यक बजेटको व्यवस्था गर्ने कुरामा ढिलाई गर्न नहुने बताइन् ।




