काठमाडौँ, ३१ जेठ । नागरिक बचाउ महाअभियानका संयोजक दुर्गा प्रसाईंले मुलुकमा वर्तमान गणतान्त्रिक शासन व्यवस्थाको अन्त्य हुने चेतावनी दिएका छन्।
काठमाडौँमा आइतबार आयोजित ‘प्रस्तावित राष्ट्रवादी पार्टी निर्माणार्थ जिम्मेवारी हस्तान्तरण तथा परिचयात्मक कार्यक्रम’ मा बोल्दै उनले यस्तो जिकिर गरेका हुन्।
जानीजानी सहकारी ठग्नेहरूको पैसा जनताको करबाट तिर्ने काम सुरु गर्ने बित्तिकै वर्तमान सरकारको दशा सुरु हुने र यो व्यवस्था नै नरहने प्रसाईंको भनाई छ। संयोजक प्रसाईंले वर्तमान सरकार र राष्ट्रिय स्वतन्त्र पार्टी ९रास्वपा० लाई लक्षित गर्दै आफूले यसअघि नेकपा ९एमाले० लाई जस्तै नाङ्गेझार पार्ने चेतावनी दिए।




