काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)को महामन्त्री डा. धवल शमशेर राणा समुहको बैठक आज बस्दैछ ।
कान्तिपथस्थित यलो प्यागोडा होटलमा दिउँसो १ बजे बैठक बोलाइएको हो ।
आजको बैठकमा सामूहिक राजीनामाको विषयमा छलफल हुने नेताहरुले बताएका छन् । राणा समुह सामुहिक राजिनामा दिएर पार्टीबाट बाहिरिने तयारीमा छन् ।
काठमाडौंमा उपलब्ध असन्तुष्ट पक्षका पदाधिकारी र केन्द्रीय सदस्य बैठकमा सहभागी हुन भनिएको छ ।




