होल्डिङ सेन्टर नागरिकको अन्तिम ठेगाना बन्न नहुने सुहाङ नेम्वाङको सुझाव

`

     २०८३ ज्येष्ठ ११ गते ६:०३

काठमाडौं, जेठ ११ । नेकपा एमालेका सांसद सुहाङ नेम्वाङले नागरिकका लागि होल्डिङ सेन्टर अन्तिम ठेगाना बन्न नहुने बताएका छन् ।

कानुन, न्याय तथा संसदीय समितिमा आफ्नो धारणा राख्ने क्रममा उनले राज्यको दायित्व केही समय आश्रय दिनु मात्र नभएको जिकिर गरे ।

राज्यलाई केही सुझाव दिँदै उनले नागरिकलाई सम्मानसहित आफ्नै जीवनतर्फ फर्किन सक्ने विश्वास दिनु राज्यको दायित्व हुन आउने बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?