काठमाडौं । नेकपा एमालेका उपमहासचिव योगेश भट्टराईले अध्यक्ष केपी शर्मा ओलीको राजीनामा माग गरेका छन् ।
शनिबार बसेको केन्द्रीय सचिवालय बैठकमा उनले ओलीसमक्ष राजीनामा माग गरेका हुन् ।
‘अब तपाईंबाट पार्टी चल्दैन । राजीनामा दिनुस्,’ भट्टराईले बैठकमा राखेको भनाइ उद्धृत गर्दै एक पदाधिकारीले भने ।




