काठमाडौँ, २९ वैशाख । नेपाली कम्युनिस्ट पार्टीका संयोजक तथा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल (प्रचण्ड) ले संघीय संसदमा रहेको समावेशी र समानुपातिक प्रतिनिधित्वलाई आफ्नो पार्टीको निर्वाचन परिणामभन्दा पनि ठुलो उपलब्धि भएको बताएका छन्।
मंगलबार प्रतिनिधिसभाको बैठकलाई सम्बोधन गर्दै प्रचण्डले अहिलेको संसदको स्वरूप क्रान्ति, बलिदान र लामो संघर्षको जगमा प्राप्त भएको उल्लेख गर्दै यसलाई ‘रगतले लेखिएको कथा’ को संज्ञा दिए।
सम्बोधनका क्रममा उनले भने, “परिणामका दृष्टिले सानो-ठूलो जे सुकै भए पनि यो प्रतिनिधि सभामा महिला, दलित, आदिवासी जनजाति, मधेसी, मुस्लिम, थारु र उत्पीडित समुदायको इन्द्रधनुषी प्रतिनिधित्व हुनु मेरो पार्टीको विजयभन्दा महत्त्वपूर्ण छ।”



