विभिन्न पाँच विषयलाई बजेटमा प्राथमिकतामा राखिन्छ: अर्थमन्त्री वाग्ले

`

     २०८३ वैशाख २९ गते १२:४२

काठमाडौं । अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले नेपाली नागरिकले कुशासनको धेरै मूल्य चुकाइसकेकाले अब लाभांश लिने समय आएको उल्लेख गरेका छन्। संघीय संसद्अन्तर्गतको आज बसेको अर्थ समितिको वैठकमा अर्थमन्त्री वाग्लेले सरकारले विभिन्न पाँच विषयलाई आगामी बजेटमा मुख्य प्राथमिकतामा राख्ने गरी काम गरिरहेको जानकारी दिए ।
आम सर्वसाधारणले महसुस हुने गरी अर्को पाँच वर्षमा सुशासन दिने गरी सरकार अगाडि बढेको अर्थमन्त्रीको भनाइ छ । तर पहिलो वर्ष नै केही सुधार दिने गरी काम गर्ने पनि उनले प्रस्ट पारे ।
अर्थमन्त्री वाग्लेले आगामी बजेटको मुख्य प्राथमिकता अहिले नै खोल्न नमिले पनि राष्ट्रिय स्वतन्त्र पार्टीको चुनावी वाचापत्रकै आधारमा आउने स्पष्ट पारे ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?