बन्द भन्सार पुनःस्थापनाका लागि दबाब दिने ऋषि धमलाको दाबी

`

     २०८३ वैशाख २८ गते ११:१६

काठमाडौँ । वरिष्ठ पत्रकार ऋषि धमलाले सिरहाको बरियारपट्टी छोटी भन्सार कार्यालय पुनःस्थापनाका लागि आफूले केन्द्र सरकारसँग आवश्यक समन्वय र दबाब दिने बताएका छन्। सरकारले राजपत्रमा सूचना प्रकाशित गरी भन्सार बन्द गर्ने निर्णय गरेपछि आन्दोलित बनेका स्थानीयलाई ऐक्यबद्धता जनाउन बरियारपट्टी पुगेका धमलाले उक्त कुरा बताएका हुन्।

आन्दोलनको केन्द्र बनेको बरियारपट्टीमा स्थानीयलाई सम्बोधन गर्दै धमलाले यो मुद्दालाई राष्ट्रिय बहसको विषय बनाउने उद्घोष गरे। उनले भने, ‘मैले यसबारे अर्थसचिव र भन्सार विभागका महानिर्देशकसँग कुरा गरिसकेको छु। यो स्थानीयको मात्र होइन, राष्ट्रिय सरोकारको विषय हो। भन्सार पुनःस्थापनाका लागि म सिंहदरबार र बालुवाटारसम्म दबाब दिनेछु।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?