बस्ती खाली गर्ने सूचनापछि धनुषामा सुकुमवासीले गरे सडक अवरुद्ध

`

     २०८३ वैशाख २५ गते ४:३४

काठमाडौँ, वैशाख २५ । धनुषाको क्षीरेश्वरनाथ नगरपालिकाले सुुकुमवासी बस्ती खाली गर्न उर्दी जारी गरेपछि महेन्द्रनगरको औरही पुलमा सडक अवरुद्ध गरिएको छ । ठूलो संख्यामा उपस्थित भएका सुकुमवासीले सडक अवरुद्ध गर्दा जनकपुर–ढल्केवर सडक खण्डमा केहीबेर यातायात संचालनमा अवरोध भएको थियो ।

जिल्ला प्रहरी कार्यालय धनुषाका अनुसार सडकमा टायर बालेर राजमार्ग अवरुद्ध गरेकालाई तितरवितर गरेर सडक सुचारु गराइएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?