प्रधानमन्त्रीले बोलाए संवैधानिक परिषद बैठक

`

     २०८३ वैशाख २३ गते १:४६

काठमाडौं । प्रधानमन्त्री बालेन्द्र शाहले संवैधानिक परिषद बैठक बोलाएका छन् । उनले बिहीबार साँझ ५ बजेका लागि बैठक बोलाएका हुन् ।

संवैधानिक पदहरुमा नियुक्ति सिफारिसका लागि परिषदको बैठक बोलाइएको स्रोतले बतायो ।

सरकारको दोस्रोपटकको सिफारिसमा मंगलबार राष्ट्रपति रामचन्द्र पौडेलले संवैधानिक परिषद्सम्बन्धी अध्यादेश जारी गरेसँगै रिक्त पदहरुमा नियुक्तिको बाटो खुलेको छ ।

हाल प्रधानन्यायाधीश, प्रमुख निर्वाचन आयुक्त लगायतका संवैधानिक पदाधिकारी पद रिक्त छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?