काठमाडौं, वैशाख २१ । सत्तारूढ राष्ट्रिय स्वतन्त्र पार्टी भदौ २१ भित्र आफ्नो पहिलो महाधिवेशन गर्ने तयारीमा जुटेको छ।
गत पुसमा बसेको केन्द्रीय समिति बैठकले निर्वाचन सकिएको ६ महिनाभित्र पहिलो महाधिवेशन गर्ने सैद्धान्तिक निर्णय गरेको थियो।
यही निर्णय कार्यान्वयन गर्न आइतबार दिउँसो ३ः३० बजे पार्टी केन्द्रीय कार्यालय चःमतिमा बस्ने सचिवालय बैठकले महाधिवेशनको कार्यविधि तयार पार्न लागेको हो।
यसमा वडा, निर्वाचन क्षेत्र, जिल्ला र प्रदेश तहका कमिटीहरूको अधिवेशन, प्रतिनिधि चयन लगायत विषय समेटिने छन्।
आजको बैठकले जिल्ला अधिवेशन कार्यविधि २०८३ को मस्यौदाबारे पनि छलफल गर्नेछ।



