कर्मचारीको स्थायी नियुक्ति खारेज गर्न हर्क साम्पाङको माग

`

     २०८३ वैशाख ०४ गते ७:२२

काठमाडौँ, ४ वैशाख । सुनसरी क्षेत्र नम्बर १ का प्रतिनिधिसभा सदस्य तथा श्रम संस्कृति पार्टीका अध्यक्ष हर्क साम्पाङले नेपाल सरकार र कानुन मन्त्रीलाई सम्बोधन गर्दै एक खुलापत्र लेखेका छन्। उनले देशको विकास नहुनुको मुख्य जड प्रशासनिक अल्झन र कर्मचारी संयन्त्रको कार्यशैली रहेको औँल्याउँदै कानुनी प्रणालीमै ठुलो शल्यक्रियाको आवश्यकता रहेको बताएका हुन् ।

सांसद राईले कर्मचारी संयन्त्रले जनप्रतिनिधिलाई नपत्याउने, निर्देशनको अवज्ञा गर्ने र प्रक्रियाको नाममा कामलाई निकै ढिलासुस्ती गर्ने गरेको आरोप लगाएका छन्। प्रशासनिक र प्रक्रियागत जटिलतालाई क्यान्सरको संज्ञा दिँदै उनले यस्तो गुजुल्टिएको कानुनी गाँठोलाई फुकाउन ऐन संशोधनको विकल्प नरहेको जिकिर गरेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?