मन्त्रीहरूको सुन तोताको तोला देखे पछि गोकुल बास्कोटा भने:- देश लंका बनिसकेछ

`

     २०८२ चैत्र ३० गते ११:१८

काठमाडौं, चैत ३० । नेकपा एमालेका नेता गोकुल बाँस्कोटाले देश लंका बनिसकेको भन्दै टिप्पणी गरेका छन्। प्रधानमन्त्री, मन्त्रीहरूले सुनका गरगहनासहितको सम्पत्ति विवरण सार्वजनिक गरेपछि उनले गुराँस फुल्ने बेलामा मन्त्रीहरूको खेतबारीमा भने पँहेलपुर तोरी फुलेको भन्दै टिप्पणी गरेका हुन्।

‘आजका मिडिया र सामाजिक सन्जाल हेर्दा रमाइलो भयो। देश लंका बनिसकेछ। डाँडाभरी लालीगुराँस फुल्ने बेलामा मन्त्रीहरूको खेतबारीमा भने पँहेलपुर तोरी फुलेछ,’ उनले भनेका छन्।

सम्वृद्धि आइसकेको र सुशासन त्यहीँबाट आरम्भ हुने उनको कटाक्ष छ।

‘म झनै खुसी किन कि जहाँ कंगाल त्यहीँ चाण्डाल भन्थे, त्यो दुर भएछ। झिक्कै झिक्कै मया तम्लाई,’ उनले प्रधानमन्त्री बालेनकै शैलीमा टिप्पणी गरेका छन्।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?