काठमाडौँ, २९ चैत । प्रधानमन्त्री बालेन्द्र शाह ‘बालेन’ लगायतका नेताहरुलाई गालीगलौज र अपमानजनक सामग्री प्रसारण गरेको आरोपमा प्रहरी युट्युबरलाई पक्राउ गरेको छ । जिल्ला प्रहरी पाँचथरको टोलीले युट्युबर रोशन पोखरेललाई पक्राउ गरेको हो ।
फाल्गुनन्द गाउँपालिका–७ घर भएका युट्युबर पोखरेललाई पक्राउ गरेर अदालतबाट १० दिनको म्याद लिएर अनुसन्धान थालिएको पाँचथरका डीएसपी अनिश कर्णले बताए ।



