परराष्ट्रमन्त्री शिशिर खनाल पहिलो विदेश भ्रमणमा आज मौरिसस जादै

`

     २०८२ चैत्र २६ गते १:१८

काठमाडौं, चैत्र २६ । परराष्ट्रमन्त्री शिशिर खनालले पहिलो विदेश भ्रमण मौरिससको गर्ने भएका छन् ।

चैत्र २७ र २८ मा मौरिससमा इण्डियन फाउन्डेसनले आयोजना गरेको नवौं पश्चिमी हिन्द महासागर सम्मेलनमा सहभागी हुन मन्त्री खनाल आज मौरिसस जाने भएका छन् । परराष्ट्र मन्त्रालयका अनुसार खनाल आज त्यसतर्फ प्रस्थान गर्ने तय भएको छ ।

मौरिसस सरकार र इण्डिया फाउन्डेसनले आयोजना गरेको यस कार्यक्रमको नवौं संस्करण (हिन्द महासागरको सुशासनका लागि सामूहिक जिम्मेवारी) भन्ने शिर्षका बहस र छलफल हुने बताइएको छ । कार्यक्रममा भारतका विदेशमन्त्री एस। जयशंकर पनि सहभागी हुदैछन् । खनालले जयशंकरसँग पनि सोहि कार्यक्रमको सिलसिलामा भेटवार्ता गर्ने बताइएको छ ।

सम्मेलनमा बंगलादेश, श्रीलंका, भुटानसहितका देशका विदेशमन्त्रीहरुको सहभागिता हुने इण्डियन फाउन्डेसनले जानकारी दिएको छ । इण्डिया फाउन्डेसनका अध्यक्ष भारतीय जनता पार्टीका नेता राम माधवन रहेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?