काठमाडौँ, चैत २३ । राष्ट्रिय प्रजातन्त्र पार्टीकी सांसद खुस्बु ओलीले सरकारले विदेशी ऋण लिन गरेको निर्णयप्रति आपत्ति जनाएकी छन्।
प्रतिनिधि सभाको सोमवारको बैठकमा बोल्दै उनले एशियाली विकास बैंक र विश्व बैंकबाट ऋण लिन सरकारले गरेको निर्णयको विरोध गरेकी हुन्।
कुन संसदीय समिति, नीतिगत बहस र कुन आवश्यकता प्राथमिकिकरण मूल्याङ्कनका आधामा यो निर्णय गरियो? उनको प्रश्न छ।
उनले संसदीय समिति र उपसमिति गठन हुन बाँकी रहेको भन्दै यस्तो अवस्थामा सरकारले गर्ने निर्णय अपारदर्शी हुने शंका गरिन्। उनले उक्त ऋण सरकारले माग गरेको हो कि प्रश्ताव गरिएको हो? भन्दै सरकारसँग जवाफ माग गरिन्।


