टुँडिखेलमा घाँसे मैदान निर्माणको काम सुरु

`

     २०८२ चैत्र २३ गते १०:५१

काठमाडौँ, २३ चैत । काठमाडौँ महानगरपालिकाले टुँडिखेलको दक्षिण भाग (सैनिक मञ्चको दक्षिणतर्फको चउर) मा घाँसे मैदान निर्माण कार्य अगाडी बढाएको छ । महानगरपालिकाको सार्वजनिक निर्माण विभागले सूचना जारी गरी चैत ८ गतेदेखि निर्माण कार्य सुरु गरेको हो ।

महानगरपालिकाको आर्थिक वर्ष २०८२\८३ को स्वीकृत बजेट तथा कार्यक्रम अन्तर्गत सो स्थानमा घाँसे मैदान बनाउन लागिएको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?