काठमाडौं, चैत १९ । जिल्ला अदालत काठमाडौंले पूर्वप्रधानमन्त्री केपी शर्मा ओली र पूर्वगृहमन्त्री रमेश लेखकलाई थप दुई दिन हिरासतमा राख्न अनुमति दिएको छ।
बिहीबार न्यायाधीश विष्णुप्रसाद अवस्थीको इजलासले थप दुई दिन हिरासतमा राख्न अनुमति दिएको सूचना अधिकारी दीपककुमार श्रेष्ठले जानकारी दिए।
उनका अनुसार लेखकको बयान लिने काम सकिएको छ भने ओलीको जारी छ।




