सरकार वैदेशिक शक्तिको कठपुतली भएको क्रान्तिकारी कम्युनिस्ट पार्टीको आरोप

`

     २०८२ चैत्र १६ गते ८:२३

काठमाडौँ, १६ चैत । क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपालले वर्तमान बालेन्द्र शाह नेतृत्वको सरकारलाई वैदेशिक शक्तिको कठपुतली र फासीवादीु भएको आरोप लगाएको छ ।

पार्टीका प्रवक्ता सुदर्शनद्वारा जारी गरिएको प्रेस वक्तव्यमा यस्तो आरोप लगाइएको हो ।

वक्तव्यमा विदेशीको सहयोगमा जेनजी विद्रोह गराई नेपालमा कठपुतली सरकार लादिएको दाबी गरिएको छ । पार्टीले राष्ट्रिय स्वतन्त्र पार्टी सहभागी भएको निर्वाचनलाई नाटकको संज्ञा दिँदै उक्त निर्वाचन आफूहरूले बहिष्कार गरेको समेत स्पष्ट पारेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?