काठमाडौँ, १६ चैत । चार दिनदेखि नेपाल–चीन सीमास्थित तातोपानी नाकामा मालवाहक सवारीको आवतजावत ठप्प भएपछि यसबारे चासो बढेको छ ।
श्रम संस्कृति पार्टीका अध्यक्ष एवं नवनिर्वाचित सांसद हर्क साम्पाङलेसमेत नाकाको अवरोधलाई लिएर सामाजिक सञ्जालबाट प्रश्न उठाएपछि यसबारे चासो बढेको हो।
तर, तातोपानी भन्सार कार्यालयका भन्सार कार्यालयले चिनियाँ नाका बन्द नभएको स्पट पारेको छ । भन्सार कार्यालयका सूचना अधिकारी तुलबहादुर पाण्डेले सडकको भौगोलिक अवस्था र मर्मत कार्यका कारण यातायात रोकिएको बताए ।
सूचना अधिकारी पाण्डेका अनुसार पछिल्लो तीन–चार दिनदेखि सडकमा आएको अवरोधका कारण मालवाहक कन्टेनरहरू चिनियाँ भूभागमै रोकिएका हुन् ।



