एमालेले आज पनि माइतीघरमा प्रदर्शन गर्ने

`

     २०८२ चैत्र १६ गते १२:१७

काठमाडौं, १६ चैत । नेकपा एमालेले आज पनि काठमाडौंको माइतीघर मण्डलमा सरकारविरुद्ध प्रदर्शन गर्ने भएको छ ।

पार्टी अध्यक्ष केपी शर्मा ओलीलाई राजनीतिक प्रतिसोधका आधारमा गैरकानुनी रुपमा पक्राउ गरिएको भन्दै एमालेले विरोध प्रदर्शनलाई निरन्तरता दिन लागेको हो ।

एमाले राजधानी प्रदेशको आयोजनामा आज दिउँसो १ बजे माइतीघरमा प्रदर्शन गरिने एमाले सचिव महेश बस्नेतले जानकारी दिए । उनले माइतीघरमा सहभागिताका लागि कार्यकर्तालाई अपिल गरेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?