प्रचण्ड बने नेकपा संसदीय दलको नेता

`

     २०८२ चैत्र १५ गते ३:०६

काठमाडौं, चैत १५ । नेपाली कम्युनिस्ट पार्टी (नेकपा) का संयोजक पुष्पकमल दाहाल प्रचण्ड संसदीय दलको नेता चयन भएका छन् ।

नेकपाका सांसद रमेश मल्लका अनुसार आइतबार पार्टी कार्यालय पेरिस डाँडामा बसेको संसदीय दलको बैठकले प्रचण्डलाई संसदीय दलको नेता चयन गरेको हो ।

२१ फागुनमा सम्पन्न प्रतिनिधिसभा सदस्य निर्वाचनमा नेकपाले प्रत्यक्षतर्फ ८ सिट र समानुपातिकतर्फ ९ सिट जितेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?