लेखकलाई प्रहरीले अदालतमा उपस्थित गरायो

`

     २०८२ चैत्र १५ गते ११:२६

काठमाडौँ, १५ चैत । पूर्वगृहमन्त्री रमेश लेखकलाई प्रहरीले अदालतमा उपस्थित गराएको छ । प्रहरीले जिल्ला सरकारी वकिलको कार्यालय हुँदै आइतबार बिहान काठमाडौँ जिल्ला अदालतमा उपस्थित गराएको हो ।

अहिलेसम्म पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीलाई भने अदालतमा लगिएको छैन । दुबैको म्याद थपबारेको सुनुवाइ न्यायाधीश आनन्द श्रेष्ठको इजलासमा हुने बताइएको छ । तर, लेखकलाई मात्रै इजलासमा पेस भएपछि न्यायाधीशले अर्का आरोपितलाई पनि अदालतमा उपस्थित गराउन भनेको बताइएको छ ।

अहिले उपचारका लागि भनेर त्रिवि शिक्षण अस्पतालमा रहेका ओलीलाई प्रहरीले त्यहीबाट अदालत लैजाने तयारी गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?