काठमाडौँ, १४ चैत । नेकपा एमालेका कार्यकर्ताहरूले जेनजी आन्दोलन जाँचबुझ आयोगको प्रतिवेदन जलाएका छन् । पार्टी अध्यक्ष केपी ओली पक्राउको विरोधमा एमाले कार्यकर्ताहरूले शनिबार पार्टी कार्यालय च्यासल बाहिर जाँचबुझ आयोगको प्रतिवेदन जलाएका हुन् ।
उनीहरुले वर्तमान सरकारले प्रतिशोध साध्न खोजको भन्दै आक्रोश व्यक्त गरेका थिए । त्यस्तै, शनिबार नै एमाले निकट अनेरास्ववियुले काठमाडौँ भृकुटीमण्डपमा विरोध प्रदर्शन गरेका छन् ।




