गगन-विश्वले प्रचण्डपथ छोड्नै नसक्ने हो भने प्रचण्डकै पार्टीमा समाहित हुँदा राम्रो : रवीन्द्र मिश्र

`

     २०८२ चैत्र ११ गते १०:५१

काठमाडौं, चैत ११ । राष्ट्रिय प्रजातन्त्र पार्टीका वरिष्ठ उपाध्यक्ष रवीन्द्र मिश्रले नेपाली कांग्रेसको वर्तमान नेतृत्व र राजनीतिक दिशामाथि कडा टिप्पणी गरेका छन्।

मिश्रले सामाजिक सन्जालमा लेखेका छन्, ‘नेपाली राजनीतिको एउटा विडम्बनापूर्ण तस्विर! वीपीको फोटो मुनि जीपीका दुई प्रखर अनुयायी।’ उनले गगन र विश्वप्रकाशले चाहेमा मात्रै कांग्रेसलाई गिरिजाप्रसाद कोइराला अर्थात् प्रचण्ड-पथबाट पुनः विश्वेश्वरप्रसाद कोइराला (वीपी) को पथमा फर्काउन सक्ने उल्लेख गरेका छन्।

उनले चेतावनी दिँदै भनेका छन्, ‘त्यसो गरेनन् भने प्रचण्डपथमा हिँड्ने नयाँ ट्रेन बजारमा आइसक्यो। त्यही पथमा हिँड्न जनताले थोत्रो ट्रेन किन चढ्ने?’

उनले आक्रोश पोख्दै भनेका छन्, ‘प्रचण्डपथ छोड्नै नसक्ने हो भने, प्रचण्डकै पार्टीमा समाहित भए हुन्छ नि बरू। के ल्याङ-ल्याङ गरिराखेको होला, बेकारमा!’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?