प्रधानमन्त्री कार्कीले दिइन् कर्मचारी र सुरक्षाकर्मीलाई धन्यवाद

`

     २०८२ चैत्र ०६ गते ५:२४

काठमाडौँ, ६ चैत । प्रधानमन्त्री सुशीला कार्की हालै सम्पन्न निर्वाचनलाई सफल बनाउन महत्त्वपूर्ण भूमिका खेलेका सुरक्षा निकायका पदाधिकारी, कर्मचारी तथा सम्पूर्ण मतदाताप्रति धन्यवाद व्यक्त गरेकी छन् ।

शुक्रबार जनकपुरमा आयोजित कार्यक्रममा बोल्दै उनले कठिन र चुनौतीपूर्ण घडीमा पनि निर्वाचन शान्तिपूर्ण, निष्पक्ष र व्यवस्थित रूपमा सम्पन्न गर्न विभिन्न तहमा खटिएका सुरक्षा अधिकारीहरू, प्रशासनिक कर्मचारीहरू तथा सरोकारवाला निकायहरूको योगदानको उच्च प्रशंसा गरेकी हुन् ।

साथै, प्रदेश–प्रदेशमा रहेका सुरक्षा निकायका प्रमुख तथा निर्वाचन व्यवस्थापनमा संलग्न अधिकारीहरूलाई बधाई दिँदै प्रधानमन्त्री कार्कीले उनीहरूको समर्पण र जिम्मेवारीप्रति कृतज्ञता व्यक्त गरेकी हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?