काठमाडौं, चैत ६ । नेपाली कम्युनिस्ट पार्टी ले चुनावमा पार्टीका उम्मेदवारहरूलाई मतदान नगर्ने जिम्मेवार नेताहरूलाई कारबाही गर्ने भएको छ।
बिहीबार केन्द्रीय कार्यालय पेरिसडाँडामा पार्टीनिकट अखिल नेपाल ट्रेड युनियन महासंघले आयोजना गरेको कार्यक्रममा बोल्दै संयोजक पुष्पकमल दाहालले फागुन २१ गते सम्पन्न चुनावमा राष्ट्रिय स्वतन्त्र पार्टीमा मतदान गर्ने नेताहरूलाई कारबाही गर्ने बताएका हुन्।
को-कोले भोट हालेनन्। केन्द्रीय सदस्यहरू, प्रदेश सदस्यहरू, तपाईंका जनवर्गीय संगठनका केन्द्रीय नेताहरू को क्षेत्रमा गएनन्? कसले भोट हालेनन्? कसले घन्टीमा हाले? त्यो रिपोर्ट तपाईंहरुले दिनै पर्यो हामीलाई,- उनले भने।
त्यस्ता नेताहरूलाई कारबाही नगरे पार्टी बनाउन नसकिने प्रचण्डले बताएका थिए।
तिनलाई कारबाही गर्नैपर्छ। नत्रभने पार्टी बनाउन सकिँदैन। त्यसकारण तिनिहरूलाई कारबाही गरिन्छ र सबैभन्दा पहिले केन्द्रीय सदस्यबाट सुरू गरिन्छ,- उनले भने।




