चिनियाँ राष्ट्रपतिको किताब जलाइएको बारेमा छानबिन गर्न समिति गठन

`

     २०८२ चैत्र ०५ गते ११:५१

काठमाडौँ, ५ चैत । मनमोहन प्राविधिक विश्वविद्यालयमा चिनियाँ राष्ट्रपति सी जिनपिङको पुस्तक ‘द गर्भनेन्स अफ चाइना’ जलाइएको घटनाबारे छानबिन गर्न समिति गठन गरिएको छ ।

गृह मन्त्रालयको निर्देशन बमोजिम मोरङका सहायक प्रमुख जिल्ला अधिकारी सरोज कोइरालाको संयोजकत्वमा पाँच सदस्यीय छानबिन समिति बनाएको हो ।

समितिमा जिल्ला प्रहरी कार्यालय मोरङका डीएसपी, प्रदेश आन्तरिक मामिला तथा कानुन मन्त्रालयका प्रतिनिधि, सरकारी वकिल कार्यालयका प्रतिनिधि र शिक्षा इकाइका प्रतिनिधि सदस्य छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?