सामान्य अवस्था भन्दा धेरै ग्यास आउँदा पनि अभाव हुनु कालोबजारीको सङ्केत

`

     २०८२ चैत्र ०२ गते २:५६

काठमाडौँ, २ चैत । राष्ट्रिय उपभोक्ता मञ्चका अध्यक्ष प्रेमलाल महर्जनले बजारमा देखिएको पेट्रोलियम पदार्थ र ग्यासको अभाव हुनुमा नेपाल आयल निगमको व्यवस्थापकीय कमजोरी र सूचना लुकाउने प्रवृत्ति मुख्य जिम्मेवार रहेको आरोप लगाएका छन् ।

विश्व उपभोक्ता अधिकार दिवसको अवसरमा आयोजित एक कार्यक्रममा बोल्दै अध्यक्ष महर्जनले बजारमा देखिएको ग्यासको समस्या अन्तर्राष्ट्रिय तनाव (खाडी युद्ध) का कारण नभई आन्तरिक बेथितिका कारण सिर्जना भएको दाबी गरे ।

अध्यक्ष महर्जनले भने, ‘सामान्य अवस्थामा दैनिक ९० बुलेट ग्यास आउने गरेकोमा अहिले भारतबाट १२५ बुलेटसम्म आइरहेको छ । आपूर्ति बढेको अवस्थामा पनि बजारमा अभाव देखिनुले नेपाल आयल निगमको असक्षमता र व्यवसायीको मिलेमतोमा कालोबजारी भइरहेको पुष्टि हुन्छ ।’ उनले निगमले वाणिज्य विभाग जस्तो नियमनकारी निकायलाई समेत सही सूचना नदिएर गल्ती गरेको बताए ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?