एमालेले बुझायो समानुपातिकबाट छानिएका सांसदको सूची

`

     २०८२ चैत्र ०१ गते ३:३९

काठमाडौं, चैत १ । नेकपा एमालेले समानुपातिकबाट छानिएका १६ जना सांसदको सूची निर्वाचन आयोगलाई बुझाएको छ।

एमाले जनजाति क्लस्टबाट भूमिका सुब्बा, गंगादेवी श्रेष्ठ उपाध्यक्ष रामबहादुर थापा ‘बादल’, कुलभक्त शाक्यलाई सांसद बनाएको छ।

महिलातर्फ सचिव पद्मा अर्याल, टुकाभद्रा हमाल, एशुदा कुमारी बराल, पुरूषतर्फ गुरुप्रसाद बराल, पुष्पराज कँडेल, थारू पुरूषबाट कृपाराम राना, दलित महिलाबाट विष्णुमाया विक र नीता घतानीलाई सिफारिस गरेको छ। मधेसी महिलामा रिङ्ला यादव र यशोधा कुमारी यादव, मधेसी पुरूषतर्फ चन्द्रेश्वर मण्डल र मुष्लिमबाट साजिदा सिद्धिकीलाई सिफारिस गरेको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?