काठमाडौं, फागुन २८ । फागुन २१ मा भएको प्रतिनिधि सभा निर्वाचनको पराजयलाई जिम्मेवारी लिँदै पदबाट राजीनामा दिने मनस्थिति बनाएका नेपाली कांग्रेसका सभापति गगन थापालाई राजीनामा नदिन ललितपुरका जनप्रतिनिधिहरूले आग्रह गरेका छन्।
२०७९ सालमा भएको स्थानीय चुनावमा नेपाली कांग्रेसबाट टिकट पाएर जितेका ललितपुरका जनप्रतिनिधिहरूले सभापति थापालाई पदबाट राजीनामा नदिन भनेका हुन्।
आज संयुक्त प्रेस विज्ञप्ति जारी गर्दै ललितपुरका नगर प्रमुख, उपप्रमुख तथा गाउँपालिका अध्यक्ष र उपाध्यक्षहरूले वर्तमान जटिल राजनीतिक अवस्थामा थापाको नेतृत्व र अभिभावकत्व पार्टीका लागि अपरिहार्य रहेको उल्लेख गरेका छन्।



