शंकर पोखरेलको चुनावी खर्च साढे १७ लाख

`

     २०८२ फाल्गुन २७ गते ५:१३

फागुन २७, काठमाडौँ । प्रतिनिधि सभाको निर्वाचनमा नेकपा (एमाले)का महासचिव शंकर पोखरेलले साढे १७ लाख रुपैयाँ खर्च भएको विवरण बुझाएका छन्।

दाङ–२ बाट उम्मेदवार बनेका पोखरेलले बुधबार निर्वाचन आयोगमा बुझाएको खर्च विवरणमा सबैभन्दा बढी सवारी साधनमा ३ लाख ५० हजार रुपैयाँ खर्च भएको उल्लेख छ। त्यस्तै, मतदाता नामावली खरिद गर्न ५० हजार, सवारी साधनमा इन्धनमा ३ लाख, प्रचारप्रसार सामग्रीमा एक लाख ५० हजार खर्च भएको उल्लेख छ।

यसैगरी, ढवानीमा एक लाख ५० हजार, गोष्ठी तथा अन्तरक्रियामा एक लाख ५० हजार, अन्य प्रचार प्रसार, छापा एवं विद्युतीय माध्यममा २ लाख, कार्यालय सञ्चालनमा एक लाख ५० हजार, प्रतिनिधि परिचलानमा एक लाख र विविधमा एक लाख ५० हजार खर्च भएको विवरण बुझाएका छन्।

पोखरेलका तर्फबाट निर्वाचन प्रतिनिधि भूपबहादुर केसीले आयोगमा खर्च विवरण बुझाएका हुन्।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?