हर्कले दार्चुलामा तुइन हटाएर झोलुंगे पुल निर्माण अभियान थाल्ने

`

     २०८२ फाल्गुन २६ गते ११:४४

काठमाडौं, फागुन २६ । श्रम संस्कृति पार्टीका अध्यक्ष तथा नवनिर्वाचित सांसद हर्क साम्पाङले दार्चुलामा तुइनको साटो झोलुङ्गे पुल निर्माण गर्ने कार्यका लागि देशव्यापी रूपमा श्रमदातालाई तयार रहन आह्वान गरेका छन्। सामाजिक सञ्जालमा एक भिडियो सन्देश जारी गर्दै साम्पाङले पुल निर्माण स्थलको भौगोलिक अवस्था र अन्य प्राविधिक जानकारी लिन आफूले मान्छे पठाएको जानकारी गराएका छन् ।

‘दार्चुलामा तुइनको साटो झोलुङ्गे पुल निर्माण गर्ने भएको छु। यस कठिन भौगोलिक अवस्थामा हुने निर्माण कार्यका लागि देशव्यापी रूपमा श्रमदाता पनि तयार रहनुस्। पुल निर्माण स्थलको भौगोलिक अवस्था र अन्य प्राविधिक जानकारी लिन आफूले एउटा अग्रिम टोली त्यसतर्फ पठाइसकेको छु,’ उनले भनेका छन्।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?