खामेनीका छोरा बने इरानको नयाँ सर्वोच्च नेता

`

     २०८२ फाल्गुन २५ गते १०:३३

फागुन २५, काठमाडौँ ।इरानमा अमेरिका र इसराइलको संयुक्त हमलामा सर्वोच्च नेता आयातोल्लाह अली खामेनी मारिएपछि उनका छोरा सय्यद मोज्तबा होसेनी खामेनीलाई नयाँ सर्वोच्च नेता नियुक्त भएका छन्।

८८ जना धर्मुगुरू रहेको विज्ञहरूको सभा (एसेम्ब्ली अफ एक्सपर्ट्स)ले आइतबार मतदानबाट मोज्तबा खामेनीलाई इस्लामिक गणतन्त्र इरानको तेस्रो सर्वोच्च नेता चयन गरेको हो।

विज्ञहरूको सभाले विज्ञप्ती जारी गरी नयाँ सर्वोच्च नेता नियुक्त गरिएको जनाएको छ।

अमेरिकासहित इसराइलसँग जारी युद्धकै बीच गरिएको यो निर्णयले इरानमा कट्टरपन्थी शक्तिहरूको पकड अझै मजबुत रहेको संकेत दिएको अन्तर्राष्ट्रिय समाचार संस्था रोयटर्सले जनाएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?