काठमाडौंमा मतदान गरेपछि सर्लाही-४ पुगे गगन थापा

`

     २०८२ फाल्गुन २१ गते २:२१

काठमाडौं, २१ फागुन । नेपाली कांग्रेसका सभापति गगनकुमार थापा काठमाडौंमा मतदान गरेपछि आफ्नो निर्वाचन क्षेत्र पुगेका छन् । उनी आज विहान काठमाडौं ४ मा मतदान गरेर सर्लाही फर्किएका हुन् ।

हेलिकप्टरमार्फत सर्लाही पुगेका थापाले आफ्नो निर्वाचन क्षेत्रका विभिन्न मतदान केन्द्रमा पुगेर अवलोकन गरेका छन् । काठमाडौंमा मतदान गरेपछि उनले कांग्रेसलाई विश्वास गरेर सरकारको नेतृत्वमा पुर्याए पाँच वर्ष आर्थिक समृद्धिको लागि काम गर्ने बताएका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?