एजेन्सि, २१ फागुन । इरानमा शनिबारदेखि सुरु भएको युद्धमा १ हजार १ सय भन्दा धेरै मारिएका छन् । अमेरिकी ह्युमन राइट्स एक्टिभिस्ट्स न्यूज एजन्सी (एचआरएएनए)ले बताएको भन्दै सीएनएनले छापेको समाचार अनुसार युद्धमा अहिलेसम्म कम्तीमा १ हजार ११४ जना मारिएका छन् ।
मृतकमा १८३ बालबालिका छन् । यीमध्ये अधिकांश १० वर्ष मुनिका छन् । एचआरएएनएले अझै ९०० भन्दा बढी रिपोर्ट भएका मृत्युहरू पुष्टि गर्ने काम गरिरहेको बताइएको छ ।




