रवि लामिछाने र बालेन शाहले गरे मतदान

`

     २०८२ फाल्गुन २१ गते ८:०४

काठमाडौं, फाल्गुण २१ । राष्ट्रिय स्वतन्त्र पार्टी का वरिष्ठ नेता बालेन्द्र शाहले सिनामंगलस्थित अन्नपूर्ण इंग्लिस स्कुलमा रहेको मतदान केन्द्रबाट मतदान गरेका छन् । झापा-५ बाट उम्मेदवार बनेका बालेन शाहले आफ्नो निर्वाचन क्षेत्रमा मतदान गर्न भने पाएनन् ।

त्यस्तै चितवन-२ बाट उम्मेदवार बनेका रास्वपा सभापति रवि लामिछानेले भने काठमाडौँको चुच्चेपाटीस्थित उपत्यका खानेपानी लिमिटेडको महाँकाल मतदान केन्द्रबाट मतदान गरेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?