काठमाडौँको पेट्रोल पम्पमा भीड
काठमाडौँ, १९ फागुन । पेट्रोलियम पदार्थको अभाव हुने हल्लाका बिच काठमाडौँ उपत्यकाका पेट्रोल पम्पहरूमा मंगलबार पनि सर्वसाधारणको भीड लागेको छ ।
भद्रकाली स्थित नेपाल आर्मी, नक्सालस्थित नेपाल प्रहरीको पेट्रोल पम्पलगायतका स्थानमा सेवाग्राहीको भीड लागेको हो ।
इजरायल–इरान युद्धका कारण पेट्रोल आयातमा समस्या हुने तथा मूल्यवृद्धि हुने चर्चाले पेट्रोल पम्पहरूमा सेवाग्राहीको भीड लागेको हो ।




