अफगानिस्तानले गरे पाकिस्तानका प्रमुख सैन्य अड्डाहरूमा आक्रमण

`

     २०८२ फाल्गुन १८ गते २:२०

एजेन्सि, १८ फागुन । अफगानिस्तान र पाकिस्तान बिच बढ्दो सीमापार तनावको बिचमा, अफगानिस्तानको रक्षा मन्त्रालयले रावलपिन्डीको नुर खान एयरबेससहित पाकिस्तानका प्रमुख सैन्य प्रतिष्ठानहरूमा हवाई आक्रमण गरेको बताएको छ ।

सामाजिक सञ्जाल एक्स मार्फत मन्त्रालयले अफगान वायुसेनाले महत्वपूर्ण पाकिस्तानी सैन्य सुविधाहरूलाई लक्षित गरी हवाई आक्रमण“ गरेको बताएको हो । विज्ञप्तिमा आक्रमणमा रावलपिन्डीको नुर खान एयरबेस, क्वेटा, बलुचिस्तानको १२ औँ ब्रिगेड बेस र खैबर पख्तुनख्वाको मोहमण्ड एजेन्सीको खोइजाई क्याम्पका साथै अन्य प्रमुख सुविधाहरू तथा सैन्य स्थलहरू समावेश रहेको जनाइएको छ ।

तस्बिरहरूले चारवटा पाकिस्तानी हवाई अड्डाहरूमा आक्रमणबाट भएको क्षति देखाएको छ । जसमा रावलपिन्डीको नुर खान एयर बेस, सरगोडाको पिएएफ बेस मुशफ, भोलारी एयर बेस, र ज्याकोबाबादको पिएएफ बेस शाहबाज रहेका छन् ।

यसैबिच, अफगान रक्षा मन्त्रालयले पनि पाकिस्तानी सेनाले काबुल, बगराम र अन्य क्षेत्रहरूमा गरेको हवाई आक्रमणको बदलामा अभियान सुरु गरिएको बताएको छ ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?