अब कित्ता क्लियर गर्ने बेला आएको ओलीको दाबी

`

     २०८२ फाल्गुन १८ गते ११:५२

काठमाडौं, फागुन १८ । नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले सम्पूर्ण नपालीहरूले देश पहिले भन्ने दिन आएको बताएका छन्।

फागुन २१ गतेको प्रतिनिधि सभा निर्वाचनको सन्दर्भमा आइतबार भिडिओ सन्देश जारी गर्दै अध्यक्ष ओलीले आफूले सँधै देश पहिले भन्दै आएकोमा अब सम्पूर्ण नेपालीहरूले देश पहिले भन्ने दिन आएको बताएका हुन्।

उनले आफूप्रति मानिसहरूको प्रश्न र गुनासो रहेको पनि स्वीकार गरे।

उनले निर्वाचित सरकरालाई अपदस्त गरी संसद विघटन गरिएकोमा पुनः त्यही प्रतिनिधि सभाको निर्वाचन हुन लागेको बताउँदै सबै नागरिकहरूले आफ्नो कित्ता क्लिअर गर्नुपर्ने बेला पनि आएको बताए।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?