काठमाडौँ, १७ फागुन । इरानी सर्वोच्च नेता आयतोल्लाह अली खामेनीको हत्यापछि इरानले कडा प्रतिक्रिया जनाउँदै यसको बदला लिने चेतावनी दिएको छ। इरानी राष्ट्रपति मसुद पेजेस्कियानले खामेनीको हत्यालाई ‘भयानक अपराध’ को संज्ञा दिँदै यसले इस्लामिक जगत र शिया इतिहासमा नयाँ पाना थप्ने बताएका हुन्।
राष्ट्रपतिको कार्यालयबाट जारी विज्ञप्तिमा यो घटनालाई अनुत्तरित नछाडिने र अपराधीहरूलाई कडा सजाय दिइने स्पष्ट पारिएको छ। राष्ट्रपति पेजेस्कियानले सर्वोच्च नेताको बलिदानले अमेरिकी–जियोनिस्ट दमन र अपराधलाई जरैदेखि उखेल्ने दाबी गरेका छन्।



