विगतका दरबार हत्या काण्डहरुसमेत विदेशी चलखेलका कारण भएका थिए : हर्क साम्पाङ

`

     २०८२ फाल्गुन १५ गते ९:०१

काठमाडौँ, फाल्गुन १५ । श्रम संस्कृति पार्टीका अध्यक्ष हर्कराज राई (साम्पाङ)ले देशको सम्प्रभुतामाथि विदेशी हस्तक्षेप र आक्रमण भइरहेको बताएका छन् ।

धरान–२ भानुचोकमा शुक्रबार आयोजित सभालाई सम्बोधन गर्दै साम्पाङले विदेशी हस्तक्षेप भइरहेकोले त्यसलाई रोक्न आफ्नो पार्टीलाई मत दिन आग्रह गरे । विदेशी हस्तक्षेपमुक्त देश बनाउने उनले बताए । उनले भने, ‘सिंहदरबार जलाउनु भनेको हाम्रो देश नरहनुजस्तै हो । विगतका दरबार हत्या काण्डहरुसमेत विदेशी चलखेलका कारण भएका थिए । यति धेरै विदेशी हस्तक्षेप भइसकेको छ । अब जनताले साँचो विकल्प खोज्नुपर्छ । हामी त्यस्तो राजनीति भत्काउने छौं । तपाईंहरूले हामीलाई साथ दिनुहोस् ।’

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?