चितवनलाई बालेनको सम्बोधन: निलो छाना कसलाई जिस्काउन राख्नुभएको त्यस्तो

`

     २०८२ फाल्गुन १५ गते ३:५२

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका वरिष्ठ नेता बालेन शाह शुक्रबार चितवन पुगेर चुनावी सभालाई सम्बोधन गरेका छन् ।

‘अघि प्लेनमा आउँदै चितवनमा छतमाथि जस्ता राख्ने चलन रहेछ, सबका सब निलो, जिस्काउन राखेको जस्तो । कसलाई जिस्काउन राख्नुभएको त्यस्तो ?,’ उनले प्रश्न गर्दै भने ।

उनले आफ्नो पार्टी रास्वपाले जस्तै त्यो छानाले पनि छतलाई मक्किनबाट रोक्ने काम गर्ने गरेको बताए ।

‘त्यो निलो छानाले छतलाई मक्किनबाट जोगाउँदो रहेछ । राष्ट्रिय स्वतन्त्र पार्टीजस्तो,’ बालेनले भनेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?