काठमाडौं, १५ फागुन । नेपाली कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले निर्वाचनमा कहीँ कसैले धाँधली गर्न खोजे बुथ बुथ र वडा वडामा तयारी गर्नुपर्ने बताएका छन् । उनले भने,‘दुई अतिवादी चिन्तनलाई परास्त गर्ने जिम्मेवारी तपाई हाम्रो काँधमा छ । कहीँ कसैले धाँधली गर्न खोजे बुथ बुथ र वडा वडामा तयारी गर्नुपर्छ ।’ उनले भदौ २३ गते युवाहरुलाई दमन गर्ने र २४ गते विध्वंश गर्ने दुवै अतिवादका विरुद्ध नेकपा खडा भएको बताएका छन् । उनले फागुन २१ मा हुने प्रतिनिधिसभा सदस्य निर्वाचनलाई सामान्य निर्वाचनका रूपमा लिन नहुने बताए ।
आज काठमाडौँमा भएको पार्टीको नुवाकोट–काठमाडौँ सम्पर्क मञ्चको कार्यक्रमलाई सम्बोधन गर्दै प्रचण्डले यस्तो बताएका हुन् । उनले भने,‘भदौ २३ गते युवाहरूलाई दमन गर्ने र २४ गते विध्वंस गर्ने दुवै अतिवादका विरुद्ध नेपाली कम्युनिस्ट पार्टी खडा छ, यसकारण यो निर्वाचनलाई कसैले पनि सामान्य रूपमा लिनुहुँदैन ।’




