नयाँ र पुराना पार्टीले मैले बोलेका पुराना सामग्रीको काँटछाँट गर्ने फ्याक्ट्री नै खोल्नेछन् भन्ने थाहा थियो
काठमाडौँ, १५ फागुन । बुटवलमा नेपाली कांग्रेसले शुक्रबार आयोजना गरेको चुनावी सभामा नेपाली कांग्रेसका सभापति गगन थापाले आफूलाई बदनाम गर्न नयाँ र पुराना पार्टीले फ्याक्ट्री खोलेको बताएका छन् ।
‘केही नयाँ र केही पुराना पार्टीले मैले बोलेका पुराना सामग्रीको काँटछाँट गर्ने फ्याक्ट्री नै खोल्नेछन् भन्ने थाहा थियो । त्यही फ्याक्ट्रीबाट उत्पादन भएको पछिल्लो जनजातिको बारेमा मैले अपमानजनक शब्द प्रयोग गरे भनेर भिडियोको अगाडीको भाग काटिएको प्रसङ्ग मात्र राखिएको छ,’ थापाले भने ।




