निर्वाचनलाई भयरहित बनाउन मधेस प्रदेशमा ४८१ थान इजाजत प्राप्त हतियार बुझाइयो

`

     २०८२ फाल्गुन १५ गते १२:०४

काठमाडौँ, १५ फागुन । प्रतिनिधिसभा सदस्य निर्वाचनलाई लक्षित गरी गरिएको सूचनाअनुसार मधेस प्रदेशमा ४८१ थान हतियार ९बन्दुक० बुझाइएका छन् ।

मधेस प्रदेश प्रहरी कार्यालय, जनकपुरधामका अनुसार वातावरणमा सम्पन्न गर्न प्रदेशअन्तर्गतका जिल्ला प्रशासन कार्यालयले गरेको सूचनापश्चात् हालसम्म उक्त सङ्ख्यामा हतियार प्राप्त भएका हुन् ।

अझै दुई हजार ५० थान हतियार बुझाउन बाँकी छन् ।

स्थानीय प्रशासनले नजिकको प्रहरी इकाइ वा जिल्ला प्रहरी कार्यालयमा हतियार बुझाउनका लागि सूचना जारी गरेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?