चुनावको मुख मै मध्य रातमा किन टाप ठोके देउवा

`

     २०८२ फाल्गुन १४ गते १०:१५

काठमाडौँ, १४ फागुन । नेपाली कांग्रेसका पूर्व सभापति शेरबहादुर देउवा सिंगापुर प्रस्थान गरेका छन् । गएराति ११ः३० बजे देउवा सिंगापुर प्रस्थान गरेको अध्यागमन स्रोतले बतायो ।

आम निर्वाचन आउन एक साता मात्र बाँकी रहेको अवस्थामा देउवा एक्लै सिंगापुर प्रस्थान गरेका हुन् । पार्टीको आन्तरिक विवादका कारण निर्वाचनप्रति सकारात्मक नदेखिएका देउवा चुनाव छल्नकै लागि सिंगापुर उडेको पार्टीमा चर्चा छ ।

यद्यपि देउवा यसअघि पनि पटक पटक उपचारको लागि सिंगापुर जाने गरेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?