हर्क साम्पाङद्वारा युवाहरूलाई उत्पादन, उद्यम र सामाजिक सेवामा जोडिन आग्रह

`

     २०८२ फाल्गुन १३ गते ३:२५

काठमाडौँ, १३ फागुन। श्रम संस्कृति पार्टीका अध्यक्ष हर्क साम्पाङले श्रम र उत्पादनमुखी संस्कृतिबाट मात्रै देश बन्ने बताएका छन् ।

सिरहाको गोलबजारमा आयोजित नेता–कार्यकर्ता भेटघाट कार्यक्रममा बोल्दै उनले स्टन्ट र देखावटी नभई, इमान्दार श्रमले राष्ट्र निर्माण सम्भव हुन्छ भन्ने धारणा राखेका छ्न ।

श्रम सांस्कृतिक पार्टीका सभापति समेत रहेका साम्पाङले युवाहरूलाई उत्पादन, उद्यम र सामाजिक सेवामा जोडिन आग्रह गरे।

उनले राजनीतिमा लोकप्रियता भन्दा पनि परिणाममुखी काम आवश्यक रहेको बताउँदै श्रमलाई सम्मान गर्ने संस्कार बसाल्नुपर्नेमा जोड दिए ।

 

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?